कोसीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिट जेठ ९ गते पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले शुक्रबार रिटमा उठेका विषय पूर्ण सुनुवाइबाटै निरुपण गर्नु पर्ने भन्दै त्यसका लागि जेठ ९ गतेका लागि पेसी तोकेको हो।
कोसीका प्रदेशका प्रमुख परशुराम खापुङले बिहीबार संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गरेका थिए। तर त्यसअघिका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि लिएका थिएनन् र राजीनामा पनि दिएका थिएनन्।
उनले राजीनामा नदिए पनि एक महिना अघिनै एमाले माओवादीका सांसदले समर्थन फिर्ता लिइसकेकाले केदार कार्की मुख्यमन्त्रीबाट पदमुक्त भएको भन्दै कोशीमा नयाँ सरकार गठनका लागि बुधबार बेलुका आह्वान गरिएको थियो। जसमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए। उनको दाबी अनुसार सांसद्हरुलाई सनाखत गराएर मुख्यमन्त्री नियुक्त गरिएको थियो।
तर आफूलाई त्यसरी हटाउन नमिल्ने र नयाँ सरकार बन्नै नसक्ने भन्दै केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। उनको रिटमा उठाइएका ५ सवालको निरुपण पूर्ण सुनुवाइबाटै गर्नुपर्ने भन्दै न्यायाधीश फुयालको इजलासले अन्तरिम आदेश दिन पनि अस्वीकार गरेको छ।
Shares
प्रतिक्रिया