सरकारले नेपाल प्रहरीका दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी टेकप्रसाद राई र सुदीप गिरीलाई सरुवा गरेको हो।
प्रदेश समन्वय विभागमा कार्यरत एआईजी सुदीप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। अरु एआईजी दुई पटक महत्त्वपूर्ण कार्यालयमा सरुवा भइसक्दा पनि गिरीलाई भने सबैभन्दा कम महत्वपुर्ण मानिने प्रदेश समन्वय विभागमै राखिएको थियो।
एआईजी भएपछि गिरी त्यहीँ पदस्थापन भएका थिए। प्रतिष्ठानमा कार्यरत एआईजी सन्दीप भण्डारी अनिवार्य अवकासमा गएपछि त्यहाँ रिक्त भएको थियो। वैशाख ७ गतेदेखि रिक्त कार्यालयको जिम्मेवारी गिरीले पाएका हुन्।
यस्तै मानव स्रोत विकास विभागमा कार्यरत एआईजी टेकप्रसाद राईलाई पनि सरुवा गरिएको छ। राईलाई कार्य विभागमा सरुवा गर्ने निर्णय भएको छ। त्यहाँ कार्यरत एआईजी मीरा चौधरी पनि उमेर हदकै कारण अनिवार्य अवकासमा गएकी थिइन्।
यसअघि राईले सम्हालेको मानव स्रोत विभागमा हालै बढुवा भएका भीमप्रसाद ढकालको पदस्थापन भएको छ। अर्का एआईजी उमेशराज जोशीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ।
Shares
प्रतिक्रिया