भारतका लागि चीनका नयाँ राजदूत सु फेइहोङ नयाँ दिल्ली आइपुगेका छन्। चीन सरकारले भारतका लागि सु फेइडोङलाई राजदूत नियुक्त गरेपछि उनी शुक्रबार, मे ९ मा नयाँ दिल्ली आइपुगेको बताइएको छ।
सुलाई चीनका राष्ट्रपति सी चिनफिङले मंगलबार, मे ७ मा भारतको राजदूत नियुक्त गरेका हुन्।
६० वर्षीय सुले अक्टोबर २०२२ मा भारतमा आफ्नो कार्यकाल पूरा गरेका अनुभवी चिनियाँ कूटनीतिज्ञ सुन वेइडोङका उत्तराधिकारी बनेका हुन्। भारतको कार्यकाल अघि पाकिस्तानका लागि चीनका राजदूत रहेका सुन हाल चीनको दक्षिण एसिया मामिला हेर्ने उप–परराष्ट्रमन्त्री छन्।
अरुणाचल प्रदेश र पूर्वी लद्दाखमा सीमा विवादका कारण भारत र चीनबीच अहिले राम्रो सम्बन्ध छैन। दुई देशबीच भिसा र हवाई सेवा ठप्प छ।
समुद्री मार्गबाट हुने व्यापारबाहेक दुई देशबीच सम्पूर्ण कुरा ठप्प रहँदा चीनले १८ महिनासम्म दिल्लीस्थित दूतावासमा राजदूत पनि पठाएको थिएन।
सु फेइडोङ राजदूत भएर भारतमा आउनुअघि रोमानियाका लागि चिनियाँ राजदूत थिए।
Shares
प्रतिक्रिया