ad ad

राजनीति


संघीय शिक्षा ऐन जरुरी : मन्त्री चौधरी

संघीय शिक्षा ऐन जरुरी : मन्त्री चौधरी

नेपालखबर
बैशाख २९, २०८१ शनिबार १९:४९, काठमाडौँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न सङ्घीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताएककी छिन्।

तीनकुनेस्थित एप्पल इन्टरनेशनल स्कुलले आज आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाइ अपनाउन आग्रह गरिन्।

संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उनले अबको शिक्षण सिकाइ बालबालिकामैत्री हुनुपर्ने बताइन्।

‘संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ। केही कुराहरू स्थानीय तहअनुसार फरक–फरक व्यवस्था गर्न पाउने व्यवस्था छ’, उनले भनिन्, ‘राज्यको संरचनाअनुसार तीनै तहमा शिक्षाका केही विषय एकखालको हुनुपर्छ। पाठ्यक्रम पनि जीवनोपयोगी, अहिलेको प्रविधिअनुसार हुनुपर्छ।   विद्यालय, माध्यमिक विद्यालय स्थानीय तहमै हुने भएकाले केही अधिकार स्थानीय तहमै गएको छ। बालबालिका केन्द्रित शिक्षण सिकाइ हुन आवश्यक छ।’

शिक्षण सिकाइ अहिलेको समयसापेक्ष र बालबालिका केन्द्रित बनाउन विद्यालय, परिवार, राज्य सबैको भूमिका रहने उनले बताइन्।

‘शिक्षण सिकाइ बालबालिका केन्द्रित हुनुपर्छ। पाठ्यक्रम त्यसअनुसार बनाउनुपर्छ। त्यसपछि मात्रै बच्चाले राम्रोसँग सिक्न सक्छ। अब हामीले जीवनोपयोगी शिक्षा पनि समावेश गर्न आवश्यक छ’, उनले भनिन्, ‘हरेक अभिभावकले शिक्षा र स्वास्थ्य दिन चाहन्छ। चाहे जस्तोसुकै आर्थिक अवस्थाको अभिभावक होस् तर उसले आफ्नो बच्चाको शिक्षा र स्वास्थ्य जसरी हुन्छ राम्रै दिन चाहन्छ। त्यसैले हामी सबैले कसरी हुन्छ बालबालिकालाई राम्रो शिक्षा दिन आवश्यक छ।’

सरकारी विद्यालयको स्तर खस्किएको सन्दर्भमा अहिले धेरै गुनासो आएको भन्दै उनले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या उत्पन्न भएको हुनसक्ने बताइन्।

‘सरकारी विद्यालयको स्तर खस्किएको छ। शिक्षामन्त्रीले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या भएको भन्नुभएको छ। अलिकति राजनीतिकरण बढी भएर त्यस्तो समस्या भएको पनि हुनसक्छ। सरकारी स्कुलमा केही न केही बेथिति छन्। त्यसलाई हामी सबैले सच्याउनुपर्छ।’

बच्चालाई राम्रो शिक्षा दिलाउनका निम्ति शिक्षक, विद्यालय र परिवार सबैको महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले बच्चालाई सिकाउने पहिलो विद्यालय आफ्नै घर भएकाले घरमा पनि विशेष ध्यान दिनुपर्ने बताए। 

‘तपाईँको बच्चा बन्न स्कुल परिवार पनि जिम्मेवार हुन्छ सँगै अभिभावकको पनि उत्तिकै जिम्मेवारी हुन्छ। यी दुवै कुरामा तालमेल नमिलेमा बच्चाको पढाइ राम्रो हुँदैन,’ विदेशमा आफ्नो बालबालिकालाई सुरक्षित राख्नका निम्ति ‘ट्र¥याकिङ सिस्टम’ प्रयोग गर्ने गरेको भन्दै उनले बालबालिकाहरूलाई त्यसरी सुरक्षित राख्न सकेमा धेरै राम्रो हुने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .