ad ad

राजनीति


राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटबारे गगनले गराए शेखरलाई जानकारी

राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटबारे गगनले गराए शेखरलाई जानकारी

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १३:२७, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन कुमार थापाबीच भेटवार्ता भएको छ। आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा उनीहरूबीच भेटवार्ता भएको हो। 

कोइराला र थापाबीचको यो भेटघाटलाई नियमित भेटघाटको रुपमा भनिएको छ। 

पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रिय राजनीतिका बारेमा उनीहरूबीच छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ। 

त्यस्तै, संसद्‌मा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिको बारेमा पनि उनीहरूबीच छलफल भएको छ। 

महामन्त्री थापाले शनिबार राष्ट्रपति रामचन्द्र पौडेल र आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटबारे कोइरालालाई जानकारी गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .