आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘आजको बैठकमा नीति तथा कार्यक्रमको बारेमा छलफल भयो। नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ,’ बैठकपछि उनले भनिन्।
साथै, उनले १६ औँ पञ्चवर्षीय योजना पनि मन्त्रिपरिषद् बैठकबाट पारित भएको उनले जानकारी दिइन्।
42
Shares
प्रतिक्रिया