नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, जसपालाई सरकारबाट गलहत्याएर निकालिएको टिप्पणी गरेका छन्।
मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
‘समाजवादी मोर्चाको महत्त्वपूर्ण घटक रहेको जनता समाजवादी पार्टी विभाजित भयो, विभाजित गरियो,’ अध्यक्ष नेपालले भने, ‘विभाजित भएको मात्रै होइन, गरिएको मात्रै होइन। सरकारबाट पनि उसलाई निकालियो।’
उनले उपेन्द्र यादवले राजनीनामा नदिएको भए सरकारबाट गलहत्याएर निकालिने पनि दाबी गरे।
‘मुन्ट्याउने काम मात्रै भएन, यदी उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो। काम छँदाको भाँडो काम नहुँदा भाँडो जस्तै उपेन्द्र यादवको अवस्था हामी देखिरहेका छौँ,’ उनले भने।
‘काम छँदाको भाँडो काम नहुँदा ठाँडो’ जस्तै अवस्थामा यादव पुगेको नेपालको बुझाई छ।
‘केपी ओलीको प्रतिगमनको विरुद्ध हामी सँगसँगै अघि बढेको त्यो पार्टी, निर्वाचनपछि बनेको गठबनधनको महत्त्वपूर्ण घटक भएको त्यो पार्टी हो,’ उनले उपेन्द्रबारे केन्द्रीय कमिटी बैठकमा भनेका छन्।
Shares
प्रतिक्रिया