ad ad

समाज


कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा बिरामी किशोरीको मृत्यु

कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा बिरामी किशोरीको मृत्यु

नेपालखबर
जेठ १, २०८१ मंगलबार १२:३२, कैलाली

कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा १८ वर्षीया किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियार रहेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

परियार भारतको हल्द्वानीबाट उपचार गरेर घर फर्किरहेको बेला उनी सवार एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .