ad ad

राजनीति


धन्यवाद प्रस्ताव टेबुल नभएसम्म नीति कार्यक्रमको कोर्स पूरा हुँदैन : रास्वपा

धन्यवाद प्रस्ताव टेबुल नभएसम्म नीति कार्यक्रमको कोर्स पूरा हुँदैन : रास्वपा

नेपालखबर
जेठ १, २०८१ मंगलबार १४:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा धन्यवाद प्रस्ताब टेबुल नभएसम्म नीति तथा कार्यक्रमको कोर्स पूरा नहुने बताएको छ।

सभामुख देवराज घिमिरेसँग भएको प्रमुख सचेतक र सचेतकसँगको छलफलमा रास्वपाले गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताएको हो। 

कांग्रेसले भने राष्ट्रपतिको नीति तथा कार्यक्रम वाचन सुन्ने भएपनि आजकै अर्को बैठकमा भने विरोध राख्ने बताएको छ। 

तर, रास्वपा प्रमुख सचेतक सन्तोष परियारले कांग्रेसले यो निर्णयको पुनर्विचार गर्नुपर्ने बताए। 

‘धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन। कांग्रेसले पुनर्विचार गर्नुपर्छ,’ परियारले भनेका छन्। 

गृहमन्त्रीले संसद्मा बोल्न नपाएको भन्दै आजको बैठकमा बोल्न दिन आग्रह गरे। 

‘गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो। बोल्न पाउनुभएको छैन। आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ। गृहमन्त्रीले बोल्न पाउनुपर्छ,’ उनले भने। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ। सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ।

बैठकमा सभामुख देवराज घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठक र बजेट प्रभावित हुनु राम्रो नभएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .