ad ad

खेल


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बोलपत्र रद्द

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बोलपत्र रद्द

नेपालखबर
जेठ १, २०८१ मंगलबार १४:१६, काठमाडौँ

भरतपुर नगरपालिकामा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि आह्वान गरिएको बोलपत्र रद्द भएको छ।

भरतपुर महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै २०८० फागुन १७ गते आव्हान गरिएको बोलपत्र २०८१ को बैशाख ३१ गतेको निर्णय अनुसार रद्द भएको जानकारी दिएको हो। 

भरतपुर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र देव भारतीले सार्वजनिक खरिद अनुमगन कार्यालयले ठेक्का प्रक्रिया नियमसंगत नभएको उल्लेख गरेसंगै ठेक्का रद्द भएको बताए। 

‘महानगरले ठेक्का आब्हान गरी ठेकेदार छनोट गरेको थियो,’ भारतीले भने,‘खरिद अनुगमन कार्यालयमा मुद्दा परेकोमा ठेक्का प्रक्रिया मिलेन भनी पत्र आएको हुँदा ठेक्का रद्द गरेका छौं।’

उनले नयाँ ठेक्का आह्वान बुधबार हुने बताए। 

भरतपुर महानगरपालिकाले पहिलो चरणको निर्माणका लागि १ अर्बभन्दा बढीको ठेक्का आह्वान गरेको थियो। 

भरतपुर १५ मा अलपत्र अवस्थामा रहेको रंगशालालाई पहिलो चरणमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान र १५ हजार दर्शक क्षमताको प्यारापिट बनाउने गरि ठेक्का आव्हान भएको थियो। 

गत कात्तिकमा बागमती प्रदेश सरकारको ७० र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निमार्ण सम्झौता गरेका थिए। 

गत कात्तिकमा यो रंगशालालाई संघीय सरकारले पनि राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्यो। 

विसं २०७५ सालमा २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बनाउन थालेको धुर्मुस सुन्तली फाउन्डेसनले १६ करोड बढी ऋण देखाउँदै बीचमा नै रंगशाला निर्माणबाट हात झिक्यो।

सहयोग दाताहरुबाट दिने भनेको रकम नउठेको भन्दै फाउन्डेसनले २०७८ साउनदेखि निर्माणको काम रोक्यो। मैदानमा ५७ करोड ९२ लाख ५ हजार ७३ खर्च भएको फाउन्डेसनले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .