ad ad

राजनीति


सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा

सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा

नेपालखबर
जेठ १, २०८१ मंगलबार १७:१६, काठमाडौँ

सरकारले सीप विना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ।

मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन। उनले श्रम बजारमा उपलब्ध जनशक्तिलाई दक्ष बनाउँदै बजारको माग अनुसार उत्पादनशिल रोजगारी प्रवद्र्धन गरिने बताए।

उनले रोजगार व्यवस्थापन र सिप विकासका लागि एकिकृत राष्ट्रिय रोजगार ढाचा कार्यान्वयनमा ल्याइने बताए। राष्ट्रिपति पौडेलले सञ्चालनमा रहेका व्यवसायीक सीप विकास तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तर उन्नती गरिने पनि उल्लेख गरे।

उनले रोजगार तथा स्वरोजगार सम्बन्धि प्रधानमन्त्री रोजगार, युवा स्वरोजगार कोष र सिप विकास तथा रोजगार प्रवद्र्धन लगायतका कार्यक्रमलाई एकिकृत रुपमा मर्ज गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए।

उनले प्रदेशमा निजी क्षेत्रसमेतको सहकार्यमा बाहुप्राविधि शिक्षालय स्थापना गरिने बताए। सरकारकाले बेरोजारीलाई रोजगारीको पूर्ण अभिलेखसहित रोजगारी खोज्ने सीप विकास तथा रोजगार प्राधिकरण कोष स्थापना गर्ने व्यवस्था मिलाइने बताए।

उनले श्रम नीतिलाई थप सक्रिय बनाउँदै विभिन्न देशहरुसँगको श्रम सम्झौता पुनारावलोकन तथा थप मुलुकहरुसँग श्रम सम्झौता गरिने बताए। उनले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार सम्बद्ध कानूनमा परिमार्जन गरिने बताए।

उनले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन श्रम स्थानान्तरण गर्ने नीति लिइने बताए। उनले वैदेशिक रोजगारीमा जानुपूर्व दिने अभिमुखिकरण तालिमलाई निःशुल्क बनाइने पनि बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .