ad ad

राजनीति


सिंहदरबारमा प्रचण्ड र ओलीबीच छलफल

सिंहदरबारमा प्रचण्ड र ओलीबीच छलफल

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८१ बुधबार १४:५८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले सिंहदरबारमा छलफल भइरहेको छ।

नयाँ बानेश्वरमा एमाले स‌ंसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्। 

अहिले दुई शीर्ष नेताबीच छलफल भइरहेको छ।  

सहकारीको रकम हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न स‌ंसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् बैठक अवराेध गरिहेका बेला सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो।

मंगलबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

त्यसपछि साँझ पुन: छुट्टाछुट्टै बसेका प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो।

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि दुवै सदनले राष्ट्रपतिलाई धन्यवाद दिन पाएनन्।

यसपछि सत्तारुढ दल कसरी संसद्‌लाई सहज तरिकाले सञ्चालन गर्ने भन्ने विषयमा पहल गरिरहेका छन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .