प्रधानमन्त्री केपी शर्मा ओली र कुवेतका राजकुमारबीच अमेरिकामा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच भेटवार्ता भएको हो।
उनीहरुबीच राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका छन्।
18
Shares
प्रतिक्रिया