ad ad

राजनीति


४ बजेभित्र मोटो समझदारी बन्दैछ : माओवादी सांसद दाहाल

४ बजेभित्र मोटो समझदारी बन्दैछ : माओवादी सांसद दाहाल

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १३:२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बिहीबार अपरान्ह ४ बजेसम्म राजनीतिक दलका नेतृत्वबीच मोटो समझदारी बन्ने दाबी गरेका छन्। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेको बताउँदै उनले सो कुरा बताएका हुन्। 

‘अहिले पनि सत्ता साझेदारको मुख्य नेतृत्वसँग छलफल भएको छ। ४ बजेसम्म मोटो समझदारी हुन्छ,’ उनले संसद् भवन बाहिर सञ्चारकर्मीसँग भने। 

संकटग्रस्त सहकारीको समस्या समाधान गर्न सरकार तयार भएको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि मात्रै एकोहोरो प्रहार हुन नहुने उनले बताए। 

‘यसबारेमा हामी करिबकरिब सहमतिको नजिक पुगेका छौँ, उनले भने, ‘संकटग्रस्त सहकारीभित्र सूर्यदर्शन र सुप्रिम पनि पर्छन्। यदि त्यहाँ उहाँ जोडिनुभएको छ भने उहाँ पनि कानुनको दायरामा आउनुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .