प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले संसदीय इतिहासमै गर्न नहुने काम गरेको टिप्पणी गरेको छ।
पार्टी प्रवक्ता समेत रहेका सांसद डा. प्रकाशशरण महतले संसदीय मर्यादा र कार्यविधि विपरित क्रियाकलाप गरेको बताए।
बिहीबार संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले यस्तो टिप्पणी गरेका हुन्।
‘नेताहरूले अघि बढा भन्ने, विपक्षी वेलमा हुँदाहुँदै जसरी सभा सञ्चालन गर्न थाल्नुभयो, त्यो हाम्रो संसदीय इतिहासमा सबैभन्दा धेरै गर्नन हुने काम भयो,’ महतले भने।
कांग्रेसले संसद्मा बिहीबार वेल घेराउ गरेको थियो। यसअघिदेखि नै नाराबाजी गर्दै आएको कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ।
बिहीबारको बैठकमा पनि नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो।
साथै, उनले स्व. सुवास नेम्वाङको समेत सम्झना गरे।
‘सुवास नेम्वाङजी संविधानसभा अध्यक्ष हुनुहुन्थ्यो, विपक्षी वेलमा आएपछि सभालाई अघि बढाउने काम हुँदैनथियो,’ उनले भने।
Shares
प्रतिक्रिया