ad ad

कारोबार


उद्योग परिसंघ र ईयू पदाधिकारीबीच द्विपक्षीय व्यापारबारे छलफल, सिधा उडानका लागि आग्रह

उद्योग परिसंघ र ईयू पदाधिकारीबीच द्विपक्षीय व्यापारबारे छलफल, सिधा उडानका लागि आग्रह

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १८:३९, काठमाडौँ

नेपाल उद्योग परिसंघ र युरोपेली संघका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धिलगायतका विषयमा छलफल भएको छ। 

परिसंघले युरोपेली आयोगका उपमहानिर्देशक मिरियाम फेरान, नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोलगायत संघका विशिष्ट व्यक्तिहरूसँग दुई पक्षीय हितका विषयमा छलफल गरेको हो। 

छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नेपाल र युरोपेली संघबीचको आर्थिक र व्यावसायिक सम्बन्धका विषयमा चर्चा गर्दै नेपालको आर्थिक विकासका लागि ईयूले आगामी दिनमा गर्नसक्ने सहयोगका क्षेत्रका विषयमा जानकारी गराए।

उनले युरोपेली मुलुकहरूमा सिधा उडानहरू पुनः सुचारु गराउन आवश्यक सहयोग गर्न आग्रह गरे। सुरक्षा सूचीबाट हटाई नेपालको पर्यटन क्षेत्रमा योगदान गर्न उनले आग्रह गरे। 

नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोले यूरोपेली संघ नेपालको आर्थिक वृद्धि र विकासको यात्रामा सहयोग गर्न प्रतिबद्ध रहेको बताए। साथै यो छलफलले दुवै राष्ट्रहरूबीच सहयोग र व्यापार बढाउने सम्भावनालाई उजागर गरेको उनले बताए।

छलफल मुख्यतः व्यापार सम्बन्ध सुदृढ गर्ने, नेपाली उत्पादनलाई ईयू बजारमा निर्यात क्षमता वृद्धि गर्ने, सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित देशबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गरेपछिको अवस्था, नेपालका लागि जीएसपी (जनरलाइज्ड स्किम अफ प्रिफरेन्स प्लस) स्थिति सुरक्षित गर्न युरोपियन युनियनको सहयोग, नेपालको उत्पादन र आईटी क्षेत्रको सम्भावनालगायत व्यावसायिक लाभ र आर्थिक विकासका विषमा केन्द्रित थियो। 

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवाल, पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष राज बहादुर शाह, परिसंघ महिला नेतृत्व फोरम सभापति छाया शर्मा, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .