ad ad

राजनीति


कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले

कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १८:४९, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि नेपाली कांग्रेसका सांसदहरूले अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ। 

पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले सरकार बस्ने ठाउँमा आएपछि मात्रै आफ्नो अध्यक्ष ओलीले आफ्नो ठाउँमा आएर अवरोध नगर्न मात्रै भनेको स्पष्टीकरण दिए। 

बिहीबार साँझ बसेको प्रतिनिधिसभा बैठकमा एमाले र कांग्रेसका सांसदहरूबीच धकेलाधकेल भएको थियो। 

सो धकेलाधकेलपछि संसद् भवनबाट बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसले हौसिएर, मात्तिएर व्यवहार प्रदर्शन गरेको बताए।

‘कांग्रसले हौसिएर, मात्तिएर, सरकारको रो मा आएर गृहमन्त्री बोल्न जाँदै गर्दा अभद्र व्यवहार गर्नुभयो,’ बर्तौलाले भने, ‘कांग्रेसका सिनियर माननीयजीले सरकारको रो मा आएर अवरोध गर्ने, उपसभामुखको चेयरमा आएर बस्ने काम गर्नुभयो। अध्यक्षमाथि अपमानजनक व्यवहार गर्नुभयो।’

उनले कांग्रेसले गैरराजनीतिक र अलोकतान्त्रिक व्यवहार भएको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .