राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपाली कांग्रेसका नेताहरूले भनेका कुरा नपत्याउन सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कसले सुरु गर्यो र कहाँ भयो भनेर भिडिओमा हेर्न आग्रह गरे।
आजको संसद् बैठकमा भएको घटनाको विवरण कांग्रेसका नेताहरूले भनेकै भरमा पत्याउन नहुने उनको भनाइ थियो।
‘त्यो दलको कुरा विशेषगरी नपत्याउनुस्, जसले संसदीय दलको बैठक गरेर एउटा विज्ञप्ति निकाल्छ र यहाँ आएर फरक व्यवहार गर्छ,’ उनले भने, ‘जसको एउटा गुटको नेताले एउटा भन्छ, अर्कोले अर्को भन्छ। महामन्त्री र सचेतकको कुरा पनि नपत्याउनुस्।’
198
Shares
प्रतिक्रिया