प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। शुक्रबार बिहान साढे ८ बजे संसदीय कार्यसमिति र ९ बजे संसदीय दलको बैठक बोलाइएको पार्टी उपसभापति धनराज गुरुङले नेपालखबरलाई जानकारी दिए।
पछिल्लो संसद्मा भएको गतिरोध र सत्तापक्षसँग भएको मुठभेडपछि धारणा बनाउनेगरी कांग्रेसले बैठक बोलाएको हो।
बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच धकेलाधकेल भएको थियो।
कांग्रसले लामो समयदेखि गृहमन्त्री रवि लामिछानेसहित सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै समिति बनाउनुपर्ने माग गर्दै आएको छ।
यो मागप्रति कांग्रेस र सत्तापक्षका नेताहरूबीच सहमति जुट्न सकेको थिएन।
228
Shares
प्रतिक्रिया