ad ad

राजनीति


बागमतीमा संसदीय सभापतिको निर्वाचनको मनोनयन दर्ता आज

बागमतीमा संसदीय सभापतिको निर्वाचनको मनोनयन दर्ता आज

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८१ शुक्रबार ११:५८, हेटौँडा

बागमती प्रदेश सभा सचिवालयले संसदीय समिति सभापतिको निर्वाचनको लागि आज मनोनयन दर्ता हुँदै छ। 

बिहीबार प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचि अनुसार आज दिउँसो ३ बजे सभापतिका उम्मेदवारहरुको मनोनयन दर्ता हुनेछ।
 
मनोनयन दर्ता आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म कायम गरिएको छ भने मनोनयन फिर्ताका लागि आजै साँझ ५ बजेदेखि ६ बजेसम्म कायम गरिएको छ। साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने प्रदेश सभा सचिवालयले जनाएको छ। 

सम्बन्धित समितिको सभापति पदमा निर्वाचनमा उम्मेवदार बन्न सो समितिका सदस्यले एक जना सदस्यको समर्थन समितिको सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावमा प्रदेश सभा नियमावली (पहिलो संशोधन) २०७४ को अनुसूची– ३ बमोजिमको ढाँचामा पेश गर्नुपर्ने हुन्छ। उक्त प्रस्तावको आधारमा सचिवालयले निर्वाचन कार्यक्रम अनुसार प्रक्रिया अघि बढाउने छ। 

बागमती प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति गरि ५ वटा संसदीय समिति रहेका छन् । प्रदेश सरकारको कार्यकाल सुरु भएको डेढ बर्ष पछि संसदीय समितिलाई पूर्णता दिन लागिएको हो। 

यता, प्रदेशमा रहेका राजनीतिक दलहरु सकेसम्म सर्वसम्मत नेतृत्व टुंग्याउने जमर्कोमा छ। सात राजनीतिक दल रहेको प्रदेश सभामा हाम्रो नेपाली पार्टी (हानेपा)  र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेक अन्य पाँच दलहरुलाई एक÷एक वटा समितिको सभापति दिने तयारी सरकार पक्षको छ। 

यता, प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुईवटा समितिको नेतृत्वको दावी गरिरहेको छ। प्रमुख प्रतिपक्षी दलले स्वतः पाउने सार्वजनिक लेखा समिति र अर्को एक समितिको सभापति पाउनुपर्ने दाबी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .