ad ad

राजनीति


प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १५:४, काठमाडौँ

प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। 

तर, राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजे बोलाइएको बैठक पनि स्थगित गरिएको छ। 

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजे बोलाइएको छ।

नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ। 

हिजो (बिहीबार) को बैठकमा पनि सोही माग राख्दै कांग्रेसले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको थियो। कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए।

कांग्रेसको माग पूरा गरेर संसद् अवरोध अन्त्य गर्नेगरी शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .