ad ad

राजनीति


कांग्रेसलाई मनीष झाको प्रश्न : १६ वटा सहकारी संकटग्रस्त छन्, तीनवटाको मात्रै किन पछि लागेको?

कांग्रेसलाई मनीष झाको प्रश्न : १६ वटा सहकारी संकटग्रस्त छन्, तीनवटाको मात्रै किन पछि लागेको?

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १७:२३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई तीन वटा मात्रै सहकारीको पछि किन लागेको भनी प्रश्न गरेका छन्।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको ३ वटा सहकारीको मात्रै छानबिन नगरी सरकारले संकटग्रस्त भनेर घोषणा गरेको १६ वटा सहकारीको छानबिन गर्नेगरी समिति बनाउनुपर्ने बताए।

उनले भने, ‘समस्या त्यो तीनवटा सहकारीमा मात्र किन हेर्नुहुन्छ तपाईहरु? सबैमा समस्या छ। सबै ३१ हजारलाई समेटन नसकिएला तर सरकारले नै भनेको संकटग्रस्त १६ वटालाई समात्ने त हिम्मत राख्नुस्। त्यही तिनवटाको मात्र पछाडी किन जानुहुन्छ तपाईहरु?’

यस्तै, सांसद झाले आफ्नो माग लिखित रुपमा लिएर वार्ता गर्न आउन पनि आग्रह गरे। उनले रास्वपासँग केही माग भएमा लिखित रुपमा लेटरहेडमा लिएर आउन आग्रह गरे।

संसदीय छानविन समिति गठनको सन्दर्भमा कांग्रेसको पदाधिकारीहरुपिच्छेको धारणा आएको उनको भनाई थियो।

उनले कांग्रेसका नेताहरुसँग छलफलका लागि बस्दा नेतापिच्छेको फरक–फरक धारणा आउने गरेको भन्दै नेताहरुको मौखिक अभिव्यक्तिलाई विश्वास गर्न गाह्रो भएको बताए।

सांसद झाले गृहमन्त्री रवि लामिछानेले राजनीतिज्ञको रुपमा कुनै अपचलन नगरेको भन्दै विगतका केही व्यवहारिक कुरालाई जोडेर अभियोग लगाइएको बताए।

उनले अभियोग लागेकाहरु सबैमाथि छानविन बनाउन तयार हुने हो? भनि कांग्रेसलाई चुनौति समेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .