नेकपा(एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउने बताएका छन्।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद भट्टराईले सत्ता समिकरण सुविधाजनक बहुमतमा भएको बताएका हुन्।
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिन प्रतिनिधि सभामा पत्राचार गरेको भन्दै प्रधानमन्त्रीले सुविधानजनक बहुमतका साथ विश्वासको मत पाउने बताए।
‘७ गते विश्वासको मत लिने एजेण्डा छ। अहिलेको राजनीतिक समीकरण, सत्ता समीकरणसँग संसदमा सुविधाजनक बहुमत छ। त्यो सुविधाजनक बहुमत ७ गतेपनि प्रकट हुन्छ। ७ गते पुनः प्रधानमन्त्रीमाथि विश्वासको मत छ भन्नेकुरा संसदले जायर गर्छ,’ उनले भने।
144
Shares
प्रतिक्रिया