ad ad

राजनीति


रविमाथि नै छानबिन हुने गरी समिति चाहियो : कांग्रेस

रविमाथि नै छानबिन हुने गरी समिति चाहियो : कांग्रेस

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १८:३०, काठमाडौँ

नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन हुनेगरी संसदीय छानबिन समिति बनाउनुपर्ने बताएको छ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन गर्नका लागि संसदीय छानविन समिति आवश्यक भएको दोहोर्‍याए।

पार्टी प्रवक्ता समेत रहेका उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै उनलाई छानविनको परिधिभित्र ल्याउनुपर्ने पनि बताए। 

‘संसदीय छानबिन समितिको मर्म दुरुपयोगमा संलग्न कोहीपनि कुनै सत्ता, शक्तिको कारणले छानविनको परिधिभित्र नआउने र जसको सत्ता, शक्ति बाहिर छैन उनीहरु मात्रै छानविनको परिधिमा आउने त्यस्तो भेदभावपूर्ण तरिकाबाट हुनु भएन,’ उनले भने, ‘त्यसलाई समान किसिमबाट हेरिनुपर्छ। त्यस किसिमबाट छानबिन समिति बन्ने कुरा न्युनतम कुरा हो। गृहमन्त्री पनि संलग्न हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ। त्यसो हुनाले छानविनको दायरामा सबै आउनुपर्‍यो उहाँ लगायत। उहाँको पनि आउनुपर्‍यो।’

गृहमन्त्री लामिछाने शक्तिमा भएकाले सो उपर भइरहेको छानविनमा अनुचित प्रभाव पर्नसक्ने भन्दै सोही कारण संसदीय छानविन समितिको माग गरिएको उनले बताए। 

सत्ता र शक्तिमा हुनेहरू छानविनमा नआउने तर सत्ता र शक्ति बाहिर हुनेहरु छानबिनमा आउनेगरी समिति बन्नु नहुने उनको भनाइ छ। 

‘जति पनि सहकारी पीडित छन् त्यसको पनि छानबिन गर्नुस्। यद्यपी राज्य संरचनाले कतिपय कुराहरू गरिपनि राखेको छ। अब त्यो विषय पनि संसदीय छानविन समितिले नै हेरोस्। रविजी शक्तिमा पनि हुनुहुन्छ। जिम्मेवारीमा पनि हुनुहुन्छ,’ महतले भने, ‘त्यसकारण यो छानबिन प्रक्रियामा अनुचित प्रभाव पर्ने सम्भावना छ। त्यसो हुनाले हामीले संसदीय छानबिन समितिको माग गर्‍यौँ। होइन भने त्यस्तो आवश्यकता पर्दैन थियो। त्यसो हुनाले उहाँको विषय पनि त्यहाँ उल्लेख हुनुपर्‍यो।’

सांसद महतले  गिरिबन्धु टी–स्टेटको सम्पूर्ण निर्णय प्रक्रियामा सत्तारुढ दलहरूनै संलग्न भएको भन्दै कांग्रेसको कुनै संलग्नता नरहेको जिकिर समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .