काठमाडौँ महानगरका मेयर बालेन शाह फ्रान्समा जारी ७७औँ कान्स फिल्म फेस्टिभलमा सहभागी भएका छन्।
कान्स फिल्म फेस्टिभलको रेड कार्पेटबाट तस्बिर सार्वजनिक गर्दै मेयर बालेनले कान्सका मेयर डेभिड लिस्नार्डलाई धन्यवाद दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कान्स फिल्म फेस्टिभलमा फ्रान्सिस फोर्ड कोपोलाद्वारा मेगालोपोलिसको प्रिमियरको निमन्त्रणाको लागि मेयर डेभिड लिस्नार्डलाई धन्यवाद।’
बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका हुन्।
बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी भएका छन् भने उनले यस क्रममा बालेनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका छन्।
यस्तै उनले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्ने छन्। उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ। फेस्टिभल १२ दिन चल्नेछ।
मेयर शाह तीन दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।
Shares
प्रतिक्रिया