ad ad

राजनीति


बालुवाटारमा देउवासहितका कांग्रेस नेता आधा घण्टादेखि प्रधानमन्त्रीसँग छलफलमा

बालुवाटारमा देउवासहितका कांग्रेस नेता आधा घण्टादेखि प्रधानमन्त्रीसँग छलफलमा

नेपालखबर
जेठ ५, २०८१ शनिबार १०:२, काठमाडौँ

प्रधानमन्त्री प्रचण्डसँग सभापति शेरबहादुर देउवासहित प्रमुख प्रतिपक्षी दल का‌ंग्रेसका नेताहरू अहिले छलफल गरिरहेका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच आधा घण्टा (शनिबार बिहान ९ बजे) देखि छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

छलफलमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक छन्।

अवरुद्ध सदन खुलाउने प्रयासअनुरूप प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग केही दिनदेखि संवाद जारी राखेका छन्। 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतासमेत अनुसन्धान हुने गरी सहकारीकाे रकम अपचलन छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसद् बैठकमा निरन्तर अवरोध गरिरहेको छ। 

केही दिनदेखि उसले गृहमन्त्री लामिछानेलाई सदनमा जवाफ दिनसमेत दिइरहेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .