ad ad

राजनीति


विदेशमा धेरै नेपाली जेलमा थुनिएर दुःख पाएका छन्, ठगिनु भएन : देउवा

विदेशमा धेरै नेपाली जेलमा थुनिएर दुःख पाएका छन्, ठगिनु भएन : देउवा

नेपालखबर
जेठ ५, २०८१ शनिबार १२:५९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन्। 

शनिबार काठमाडौँमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा वैदेशिक रोजगारी महत्त्वपूर्ण रहेको बताए। 

उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमीकहरूले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमीकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे। 

वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमीकहरुको समस्या समाधानमा आवश्यक भुमिका खेल्नुपर्ने बताउँदै उनले श्रमीकहरू ठगिनु, दुःख पाउनु नहुने बताए। 

‘नेपालमा वैदेशिक रोजगार महत्त्वपूर्ण कुरा हो। एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन्। एउटा कुरा सुनेँ मैले, त्यहाँ ठगिएका कुराहरू, दुःख पाएका कुराहरू मैले थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ। साथसाथै जो रेमिटेन्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको रेमिटेन्स मात्रै होइन, अरु पनि धेरै नेपाललाई फाइदा हुन्छ,’ उनले भने, ‘त्यसका लागि यो अब यसलाई एकातिर रेमिटेन्स आवश्यक छ, अर्कोतिर व्यापारीहरू रोजगारीमा गएका साथीहरु ठगिनु भएन। दुःख पाउनु भएन, जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन्। यो वैदेशिक रोजगार एशोसिएशनले लिड रोल लिनुपर्छ।’

सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरूले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .