ad ad

राजनीति


शेखरको प्रश्न– कति पटक विश्वासको मत?, प्रचण्डको जवाफ– जति मागे पनि पाउँछु (भिडिओ)


नेपालखबर
जेठ ५ , काठमाडौँ

आगामी जेठ ७ (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत लिँदैछन्। 

प्रचण्डले तेस्रोपटक विश्वासको मत लिँदैगर्दा नै प्रधानमन्त्रीले विपक्षी दलका नेताहरूको आलोचना खेप्नुपरेको थियो। 

चौथोपटक विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डले शनिबार पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा यसबारे मुख खोले। 

उनले यसअघि नै कांग्रेसका एकजना नेताले यो अवधिमा १२/१३ पटकनै विश्वासको मत लिनुपर्ने अवस्था देखिएको भनाइ राखेको प्रसंग झिक्दै आफूले जति पटक लिए पनि पाउने दाबी गरे। 

प्रचण्डले यो दाबी गर्दैगर्दा राजधानीमै आयोजित अर्को एक कार्यक्रममा सम्बोधन गर्दै थिए, कांग्रेस नेता कोइराला। 

उनले पनि यही विषय उप्काए। कोइरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिने? भनी प्रश्न समेत गरे।

‘उहाँलाई अहिले अप्ठ्यारो के परिराखेको छ भने ७ गते विश्वासको मत लिनुछ। कति चोटी विश्वासको मत लिनु हुन्छ? सरकारमा प्रधानमन्त्री उहाँ नै हुनुहुन्छ,’ उनले भनेका छन्, ‘३ चोटी त भइसक्यो। र यही तरिकाले सरकार चल्ने हो भने अझ २/४ चोटी सरकार फेरिरहन्छ।’

हुन त प्रचण्डलाई आज पनि शेखरले यही विषयमा आपत्ति जनाएका छन् भन्ने थाहा थिएन। 

यसअघि नै एउटा कार्यक्रममार्फत् भनेको कुरा स्मरण गर्दै प्रचण्डको जवाफ थियो, ‘ अघिल्लोपटक मैले तेस्रोपटक विश्वासको मत लिँदा अहिले चौथो पटक लिन लागेकोले पाचौँ छैटौं हुँदै जाने हो कि भन्ने देखिन्छ। जति पटक लिनुपर्ने भएपनि विश्वासको मत प्राप्त हुने कुरामा म विश्वस्त छु’

भिडिओमा हेर्नुस्ः

जेठ ५, २०८१ शनिबार १५:३८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .