संसद् बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरू छलफलमा जुटेका छन्। नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा दलहरू छलफलका लागि जुटेका हुन्।
प्रतिनिधिसभाको बैठक आइतबार ११ बजेका लागि बोलाइएको छ।
आइतबारको बैठकअघि शनिबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुटेको थियो।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले फागुन अन्तिम सातादेखि संसद् अवरोध गर्दै आइरहेको छ। सहकारीको बचत अपचलनमा संलग्नलाई कारबाही माग गर्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको थियो।
उक्त समिति बनाउन दलहरू सहमत भएका हुन्।
30
Shares
प्रतिक्रिया