ad ad

राजनीति


न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष खड्काले गरिन् पदबहाली

न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष खड्काले गरिन् पदबहाली

नेपालखबर
जेठ ६, २०८१ आइतबार १९:३२, काठमाडौँ

न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पदबहाली गरेकी छन्। आइतबार सिनामंगलस्थित कार्यालयमा उनले पदबहाली गरेकी हुन्। 

त्यसलगत्तै उनले नेपाल पत्रकार महासंघ प्राङ्गणमा निर्मित पत्रकार प्रतिमामा फुल चढाइन्।

सरकारले खड्कालाई पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त गरेको हो। 

खड्का दोस्रोपटक अध्यक्ष नियुक्त भएकी हुन्। 

समितिले नेपालमा विभिन्न मिडिया हाउसमा काम गर्ने श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न तथा त्यस्तो पारिश्रमिक रकम आवश्यकताअनुसार पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिस गर्नका लागि न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .