नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू डेमोक्रेटिक अलाइन्स (प्रजातान्त्रिक गठबन्धन) का लागि कांग्रेस नेताहरूकोे घर–घरमा पुगेको खुलासा गरेका छन्।
आइतबार साँझ नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन आयोजना गर्दै थापाले पहिला कांग्रेसका र अहिले रवि लामिछानेका मित्र (सायद डा. स्वर्णिम वाग्ले) ले यस्तो काम गरिरहेको दाबी गरे।
‘म उहाँहरुको गोपनीयता भंग गर्न चाहन्न। तर, पहिले नेपाली कांगेसको र अहिले रवि लामिछानेका अभिन्न मित्रले नेपाली कांग्रेसका नेताहरुको घर–घरमा पुगेर हामी डेमोक्रेटिक अलाइन्सका लागि तयार छौँ भन्दै संसदीय समितिको टीओआरमा लचक भइदिन आग्रह गर्नुभएको छ,’ थापाले पत्रकार सम्मेलनका क्रममा भने।
साथै, उनले आफूसँग पनि भेटेर एमालेसँग नजिक हुन बाध्य नपार्न आग्रह गरेको दाबी गरे।
‘उहाँले मसँग पनि भेटेर हामीलाई एमालेसँग नजिक हुन बाध्य नपारिदिनुस् भन्नुभएको थियो,’ उनले अघि भनेका छन्।
Shares
प्रतिक्रिया