सभामुख देवराज घिमिरेको सचिवालयले आइतबार साँझ बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसलाई बोल्न नरोकिएको बताएको छ।
आइतबारको बैठकमा पूर्व सहमति अनुसार नै कांग्रेस वेल घेर्न नआएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले बताए।
‘आजको बैठकमा सभामुखले कांग्रेसलाई बोल्न रोक्नुभएको होइन । कानून मन्त्री पदम गिरी, प्रमुख विपक्षी दलका प्रमुख सचेतक रमेश लेखकसहित बसेको प्रमुख दलका मुख्य÷प्रमुख सचेतकबीच नै आज गृहमन्त्रीलाई मात्रै बोल्न दिने सहमति भएको थियो,’ उनले भनेका छन्, ‘सँगसँगै सभामुखले पनि कांग्रेसले उभिएर विरोध जनाएपछि बाँकी कार्यसूची अगाडि नबढाउने सहमति भएको थियो।’
उनले सहमति अनुसार नै आजको बैठकमा कांग्रेस वेल घेर्न नआएको पनि बताए।
यसअघिका बैठकमा कांग्रेसले सहकारी प्रकरणमा छानबिन समितिको माग गर्दै वेल घेराउ गर्दै आएको थियो।
354
Shares
प्रतिक्रिया