प्रतिनिधिसभा बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको मोर्चाको बैठक बसेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक बसिरहेको हो।
बैठकमा कांग्रेस, राप्रपा, जसपा नेपाल,, लोसपा र राष्ट्रिय जनमोर्चाको सहभागीता रहेको छ।
सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ। त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले आजको बैठकमा सहकार्य गर्न आग्रह गरेका थिए।
33
Shares
प्रतिक्रिया