ad ad

राजनीति


प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी, १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी, १५ मिनेटका लागि स्थगित

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ ७, २०८१ सोमबार ११:४५, काठमाडौँ

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेको छ। कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले आजै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरू उठेर वेल घेर्न पुगेका थिए। उनीहरूले सहकारी पीडितलाई न्याय दे, संसदीय छानबिन समिति गठन गर लगायतका नारा लगाउँदै वेल अगाडि नाराबाजी गरे। 

सभामुख देवराज घिमिरेले आजको कार्यसूचीमा शून्य र विशेष समय नभएको जानकारी गराउँदै राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरू पढ्नुपर्ने कार्यसूची रहेको बताएका थिए। 

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको कारणले नियमित कार्य अघि बढाउन सहयोगका लागि आग्रह गरेका थिए। 

तर, कांग्रेस सांसदहरूले सभामुख घिमिरेको अनुरोध स्वीकार गरेनन्। 

संसदीय छानबिन समिति बनाउन सहमत भइसकेको कांग्रेसस अन्तिम अवस्थामा समितिको कार्यादेश (टीओआर)मा सहमत हुन सकेको थिएन। 

लगत्तै आइतबार साँझ बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिन कांग्रेस तयार भएको थियो। 

यद्यपि गृहमन्त्री लामिछानेले संसद्मा हिंस्रक रुपमा प्रस्तुत भएको भन्दै कांग्रेसल समिति बनाउनुनर्पे बटमलाइन अघि सारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .