ad ad

राजनीति


यो मनसुनमा राहत र उद्धारका लागि टास्क फोर्स बन्छ : उपप्रधानमन्त्री लामिछाने

यो मनसुनमा राहत र उद्धारका लागि टास्क फोर्स बन्छ : उपप्रधानमन्त्री लामिछाने

नेपालखबर
जेठ १४, २०८१ सोमबार १६:११, काठमाडौँ

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताएका छन्। 

सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरुसँगको छलफलमा बोल्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले वर्षायाम सु भएसँगै मनसुन जन्य विपतमा जनताको उद्धार राहतको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकोप्टर व्यवसायीको प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र ट्याक्स फोर्स बनाउने बताए। 

उनले उक्त ट्याक्स फोर्सले तीन दिन भित्रमा विपद्बाट जनतालाई जोगाउनको लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजना सहितको कार्यविधि बनाउन निर्देशन दिए। 

‘मनसुन सुरु भएकाले प्राकृतिक विपद्‌मा जनतालाई राहत र उद्धारको लागि सबै निकायहरुको प्रतिनिधित्व हुनेगरी जेठ १९ देखि असोज १९ गतेसम्मको लागि गृह मन्त्रालयको नेतृत्वमा ट्याक्स फोर्स बनाउँछौं। त्यो टिमले सम्पूर्ण अधिकार पाउँछ। ट्याक्स फोर्सको कार्ययोजना र कार्यविधि बनाएर कामको थालनी गर्नुहोला। एक वर्षको मनसुनको लागि एउटा कार्यविधि बन्छ। अफ्ठ्यारो परेको अवस्थामा कानूनी अड्चन नहुने गरी कार्यविधि बनाउनुपर्छ। त्यसको लागि मैले मन्त्रीपरिषद् वा कसरी काम गर्नुपर्छ तत्काल दिनुुस्। तीन दिनभित्र सबै निकायहरुसँगको समन्वयमा ट्याक्स र्फोस बनाउनु होला,’ लामिछानेले भने।

उनले मनसुन सुरु भएकाले प्राकृतिक विपद्‌मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै जोखिम आउनु भन्दा पहिला नै राज्यले तयार गर्नु आवश्यक रहेको बताए।

उनले ट्याक्स फोर्सले सम्पूर्ण अधिकार पाउने गरी कार्यविधि बनाएर कामको थालनी गर्न निर्देशन दिए। अफ्ठ्यारो परेको अवस्थामा कानुनी अड्चन नहुने गरी कार्यविधि बनाउन पनि सुझाव दिए। 

उनले विपद्‌मा उद्धार र राहतका लागि अफ्ठ्यारा अवस्थाहरुलाई मन्त्रिपरिषद्ले गर्नुपर्ने कुनै काम र कानून भए तत्काल दिन आग्रह गरे।

उनले विपद्‌मा राज्यले तत्काल उद्धार गर्नसक्ने गरी अहिलेदेखि नै तयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिए। 
उनले बाढी पहिरो लगायतका जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल गर्नेगरी टिम तयारी बनाउन निर्देशन दिए।  

‘समितिमा सडक विभाग, हेलिकप्टर एशोसिएशनका प्रतिनिधि,मौसम पूर्वअनुमान,जल तथा मौसम विभागको प्रतिनिधित्व हुने गरी बनाउनुस्। विपतमा सरकारले निर्णय गर्न नसक्दा कुनैपनि नागरिकको ज्यान जानु भएन। त्यो निर्णय कहाँबाट गर्न सकिन्छ तीन दिनभित्रमा कार्ययोजना बनाएर मलाई दिनुस्। विपतमा राज्यले तत्काल उद्धार गर्नसक्ने गरी अहिलेदेखि तयारी गरौँ। बेलीब्रिज कति रहेका छन्। १८ वटा भनिएको छ। त्यसको अधिकार पाएको क्षेत्र कुन हो। को मातहतमा कस्तो अवस्था छ तीन दिनभित्र सार्वजनिक गर्नुस्। एडिआरआरईले विपद् आउन सक्ने १० जोखिम क्षेत्र तत्कालै टिम पठाउनु प¥यो। त्यहाँका नागरिक बचाउन अहिलेदेखि तयार गर्नुपर्छ। बाढी पहिरो लगायतका जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल गर्न टिम पाउने व्यवस्था गर्नुस्। अति जोखिमको क्षेत्रमा सरकार तत्काल पुग्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .