आज नेपालमा विभिन्न कार्यक्रम गरी १७औँ गणतन्त्र दिवस मनाइँदै छ।
देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन (जेठ १५ गते) लाई तीनै तहका सरकारले गणतन्त्र दिवसका रूपमा मनाउँदै छन्।
यसै क्रममा अहिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह भइरहेको छ।
यसैबीच सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौँमा ‘नौलो गणतन्त्र आन्दोलन उद्घोष सभा’ आयोजना गर्ने भएको छ।
अध्यक्ष राउतका अनुसार सभा भृकुटीमण्डपमा बिहान ११ बजे आयोजना गरिनेछ।
उनले आह्वान गरेका छन्, ‘सहभागी होऔँ, नौलो गणतन्त्रको उद्घोष गरौँ।’
132
Shares
प्रतिक्रिया