ad ad

राजनीति


मन्त्रिपरिषद् बैठक दिउँसो १ बजे

मन्त्रिपरिषद् बैठक दिउँसो १ बजे

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८१ मंगलबार १२:२, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेट ल्याउनुअघि बस्न लागेको मन्त्रिपरिषद्को बैठक पनि सरेको छ। मंगलबार बिहान ११ बजेका लागि तय भएको मन्त्रिपरिषद् बैठक दिउँसो १ बजे बस्ने भएको हो। 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार, दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दैछ। 

सरकारले आज आर्थिक वर्ष २०८१÷०८२ को बजेट संसदमा प्रस्तुत गर्दै छ। संसद्‍मा प्रस्तुत गरिने बजेट स्वीकृतिको लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। 

आजै दिउँसो ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीले बजेटका प्राथमिकताबारे ब्रिफिङ गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .