ad ad

राजनीति


संसदीय छानबिन समितिको टीओआरलाई अन्तिम रूप दिन कानुन मन्त्रालयमा कार्यदलको बैठक

संसदीय छानबिन समितिको टीओआरलाई अन्तिम रूप दिन कानुन मन्त्रालयमा कार्यदलको बैठक

कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठक


नेपालखबर
जेठ १५, २०८१ मंगलबार १२:८, काठमाडौँ

सहकारीको रकम अपचलन छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) लाई अन्तिम रूप दिन कार्यदलका सदस्यहरू छलफलमा जुटेका छन्। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा केहीबेरअघि बैठक सुरु भएको हो। 

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा सत्ता र प्रतिपक्षी दलहरूबीच भएको सहमतिलाई अन्तिम रूप दिनेगरी कार्यदलका सदस्यहरू छलफलमा जुटेका हुन्। 

यसअघि छानबिन समिति बनाउँदा टीओआरमा गृहमन्त्री लामिछानेको नाम राख्नुपर्ने अडान कांग्रेसले राखिरहेको थियो।

अहिले भने टीओआरमा रविको नाम उल्लेख नगर्दा उनी आबद्ध कम्पनी र सहकारीको छानबिन हुनुपर्ने गरी टीओआरको भाषा मिलाउने तयारी भइरहेको छ। 

कांग्रेसले सोमबार साँझ भएको सहमतिलाई पार्टीको संसदीय दलको बैठकबाट अनुमोदन समेत गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .