राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई छानबिन गर्नै नहुने नभनेको तर जुन शैलीमा पक्राउ गरियो त्यो गलत भनेको स्पष्टीकरण दिएका छन्।
राप्रपा केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै उनले सिरोहियाले गल्ती गरेकै भए पनि त्यसरी आतंकित पार्ने शैलीमा गिरफ्तार गर्नु ठीक नभएको बताए।
‘हामीले सिरोहियालाई छानबिन हुनै हुन्न भन्नेका छैनौँ। सिरोहियाले गल्ती गरेका छैनन् पनि भनेका छैनौँ’, अध्यक्ष लिङ्देनले भने, ‘कैलाश सिरोहियालाई जुन समयमा, जुन ढंगबाट पक्राउ गरियो त्यो ठीक भएन भन्ने हाम्रो धारणा छ। एउटा व्यक्तिलाई पुर्जी काटेर बोलाउँदा पनि हुन्थ्यो, थोरै प्रहरी पठाएर लाँदा पनि हुन्छ। जुन आतंक सिर्जना गरियो त्यो उचित छैन भनेका हौँ।’
अब सिरोहिया प्रकरण न्यायिक निरुपणको विषय भइसकेको उनले बताए।
Shares
प्रतिक्रिया