ad ad

राजनीति


सरकारले कृषि क्षेत्रमा ल्याएका योजना साह्रो मन पर्‍यो : माधव नेपाल

सरकारले कृषि क्षेत्रमा ल्याएका योजना साह्रो मन पर्‍यो : माधव नेपाल

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार ११:५६, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन्। 

शुक्रबार काठमाडौँमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै उनले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको बताए।

अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको बताउँदै उनले भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रिएको पनि बताए।समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको बताउँदै उनले देशको योजना बनाउँदा हावादारी योजना बनँउन नहुने पनि बताए। 

‘अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ। नेताहरु पनि बिग्रिएका छन् भ्रष्टाचारले, कार्यकर्ताहरु पनि बिग्रिएका छन् भ्रष्टाचारले। देश पनि बिग्रिएको छ भ्रष्टाचारले। समाज पनि बिग्रिएको छ, विकृति र विसंगतिले। त्यसैले यि सबै चिजबाट कसरी हामीले उन्मुक्ति प्राप्त गर्ने, हामी ति सबैबाट कसरी माथि बढ्ने?,’ उनले भने, ‘भ्रष्टाचारलाई उन्मु्लन गर्नेकुरामा, नियन्त्रण गर्नेकुरामा, यसबाट जोगिने कुरामा, ध्यान कसरी दिने? देशको योजना बनाउँदा हावादारी योजना बनाएर भएन।’

अध्यक्ष नेपालले आफूहरु नेपालको राजनीति सहज ढंगले अघि बढ्नुपर्ने पक्षमा रहेको पनि बताए। 

‘अहिले मैले बजेटको एउटा पक्ष देखेँ। कृषिको सन्दर्भमा ल्याइएका योजनाहरु मलाई साह्रो मन प¥यो। कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको देख्दा धन्यवाद दिन मन लाग्यो। राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पु¥याएर चल्नुपर्दछ  सबै चिजलाई ध्यानमा राखेर चल्नुपर्छ। संवेदनशील भएर पनि चल्नुपर्छ। संवेदनशील भएर चल्न सक्यो भने संवेदनशीलताको कवच आवश्यकता पर्दछ,’ उनले भने।

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पु¥याउन जरुरी रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .