ad ad

राजनीति


परिवर्तनविरोधी भाष्य चिर्न वुद्धिजिवीले अगुवाई गर्नुपर्छ : गौतम

परिवर्तनविरोधी भाष्य चिर्न वुद्धिजिवीले अगुवाई गर्नुपर्छ : गौतम

नेपालखबर
जेठ १९, २०८१ शनिबार २१:३७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विजय गौतमले परिवर्तन विरोधीहरुले समाजमा गलत भाष्य स्थापित गर्न न्वारनदेखिको बल लगाइरहेको बताएका छन्। गौतमले बुद्धिजीवीहरूले त्यस प्रकारको गलत भाष्य चिर्न अगुवाई गर्नुपर्ने जिकिर गरेका छन्।

माओवादी केन्द्रका मकवानपुर इन्चार्ज समेत रहेका नेता गौतमले पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्। 

गौतमले भने, ‘राष्ट्र निर्माणमा गलत भाष्यले अवरोध पैदा गर्दछ। सही भाष्यबाट सुसज्जित नागरिक र राष्ट्रले मात्र प्रगति हासिल गर्न सम्भव छ।’ 

सम्मेलनमा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सह–संयोजक निलकण्ठ तिवारीले पार्टीले बुद्धिजीवीहरुलाई नजिक राखेर हिड्न सक्दा मात्र सफलता हासिल गर्ने बताए। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर इन्चार्ज प्रल्हाद लामिछानेले बुद्धिजीवीको महत्व क्रान्तिकालमा भन्दा समृद्धि यात्रामा अझ बढ्ने चर्चा गरे।

सम्मेलनमा माओवादी केन्द्रको बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेस सांसद  सासंद प्रेम बहादुर पुलामी, जिल्ला संयोजक भीम पाख्रिन , बुद्धिजीवी संगठनका प्रदेश अध्यक्ष कृष्ण कोपिला लगायतले बुद्धिजीवी संगठनको योगदान र आवश्यकता बारे चर्चा गरेका थिए।

सम्मेलनले दीर्घनारायण भट्टराईको अध्यक्षतामा  ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा अनुराधा उप्रेति र बुद्धि ढकाल, सचिवमा बिदुरप्रसाद लामिछाने, सह सचिवमा सुर्य तुम्सिंग र कोषाध्यक्षमा श्रृजना पौडेल निर्वाचित भएका छन्। 

सम्मेलनमा बागमति गाउॅपालिका अध्यक्ष सर्केश घलान, पार्टी जिल्ला सचिव बिरबहादुर घलान, मकवानपुर जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलान लगायतका नेताहरुको उपस्थिति रहेको थियो। 

सम्मेलन आयोजक समितिका अध्यक्ष अरुण खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .