ad ad

राजनीति


जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ : सांसद सापकोटा

जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ : सांसद सापकोटा

नेपालखबर
जेठ २०, २०८१ आइतबार १२:४३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावहरुको सम्बन्धमा संसदभित्र छलफल गर्नुपर्ने बताएका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावहरुका सम्बन्धमा संसदमा छलफल हुनुपर्ने बताएका हुन्। 

‘सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहान्छु कि ०७८ साल असार १ गते जुन बाढी, पहिरो आयो सबभन्दा पहिला त त्यो करिडोर क्षेत्रका इन्द्रावती र मेचम्ची क्षेत्रका बासिन्दाहरूले पाउनुपर्ने क्षतिपूर्ति र राहत लगायतका विषयहरुका बारेमा कुनै सम्बोधन भएको छैन। यसका बारेमा सम्बोधन होस्,’ उनले भने

यसको सम्बन्धमा संसदको भूमिका के रहने भन्नेमा पनि निष्कर्ष निकालेर अघि बढ्नुपर्ने बताउँदै उनले जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्युनीकरणको सम्बन्धमा संसदले पनि आफ्नो भुमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्नुपर्ने बताए।

‘त्यो सँगसँगै आउँदै गरेको वर्षात्का जोखिमहरू र त्यसका पूर्वतयारीका बारेमा सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण होस्। सरकारले यसबारेमा सोचोस्। हामीले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर, प्रभावहरुका बारेमा यो संसदको आफ्नो भूमिका के रहने? र त्यो भुमिकाका बारेमा पनि संसदभित्र गहनतापूर्वक छलफल होस् र एउटा निष्कर्षका साथ हामी अगाडी जाऔँ। त्यो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गरौँ भनेर अनुरोध गर्न चाहन्छु।’

सांसद सापकोटाले ०७८ साल असार १ गते मेलम्चीमा आएको लेदोसहितको बाढीका कारण स्थानीयले पाउनुपर्ने क्षतिपूर्ति र राहत आजसम्म नपाएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .