ad ad

राजनीति


सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्छौं : झलनाथ

सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्छौं : झलनाथ

फाइल फोटो


नेपालखबर
जेठ २०, २०८१ आइतबार १५:९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशनबाट सहमतिपूर्ण नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन्।

आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन्। उनले महाधिवेशनले दस्ताबेजहरु पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्ने बताए।

उनले महाधिवेशन रुपान्तरणकारी महाधिवेशनका रुपमा अघि बढाउने पनि बताए।

उनले भने, ’महाधिवेशनले दस्ताबेजहरु पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्छौं। त्यो सहमतिपूर्ण नेतृत्व निर्माणका लागि हामी छलफल गर्दैछौँ, गर्छौं र अन्तिमसम्म गर्नेछौँ। यो महाधिवेशन रुपान्तरणकारी महाधिवेशनका रुपमा अघि बढाउनेछौँ।’

उनले अहिले देशमा महंगी, भ्रष्टाचार र युवाहरु विदेश पलायनको विकराल अवस्था रहेको बताए।

उनले पुँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी सामाजिक आर्थिक व्यवस्थामा रुपान्तरण गर्ने बिन्दुसम्म्को कार्यक्रमहरु महाधिवेशनबाट पारित गर्ने बताए।

सम्मानित नेता खनालले महाधिवेशनले कम्युनिष्ट आन्दोलनलाई थप उचानईमा पुर्‍याउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .