प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ प्रतिनिधि सभा बैठकमा पेस गरिएको छ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सो समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०८१’ प्रतिवेदन पेस गरेका हुन्।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम १२१ बमोजिम अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन २०८१ प्रतिनिधिसभा बैठकमा पेस गरिएको सभापति यादवले बताए।
30
Shares
प्रतिक्रिया