ad ad

राजनीति


बजेटमा सत्ता साझेदार दलकै सांसदको असन्तुष्टि, ‘साझा न्यूनतम संकल्पसँग मिलेन’

बजेटमा सत्ता साझेदार दलकै सांसदको असन्तुष्टि, ‘साझा न्यूनतम संकल्पसँग मिलेन’

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८१ बुधबार १३:३६, काठमाडौँ

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरे बजेटमा साझा न्यूनतम संकल्पसँग मेल नखाएको बताएका छन्। 

बुधबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८१÷०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन्। 

उनले सत्तारुढ दलले सार्वजनिक गरेको साझा संकल्प,कार्यक्रम, समझदारी,नीति सिद्धान्त र बजेटबीच तालमेल र लय नमिल्ने बजेट आएको टिप्पणी गरे। उनले बजेट निर्माणको परम्परागत प्रवृत्ति अहिलेसम्म पनि कायम रहेको बताए। 

उनले प्रतिपक्षले बजेटलाई निहुँ मनाएर सरकार ढाल्न सकिन्छ कि भनेर विरोधका लागि विरोध गर्ने, सत्तापक्षमा रहेका कारण अतिरञ्जनापूर्ण समर्थन गर्ने र दाबेदारी गर्ने दुवै प्रवृत्ति गलत रहेको बताए। 

उनले आलोचनात्मक ढङ्गले प्रस्तुत हुँदा सही सुझावहरु दिँदा र सुझाव स्वीकार गर्दा अर्थमन्त्री र सरकार कमजोर नभएर अझ बलियो र जनप्रिय बन्ने उल्लेख गरे। उनले बजेटमा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताए।

उनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र संयमित भए पनि कार्यान्वयनमा चुनौती रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .