ad ad

राजनीति


न्युरोडमा बालेनले राम्रै काम गरेका थिए, ओली आफैं भिड्न तम्सिए : विश्वप्रकाश

न्युरोडमा बालेनले राम्रै काम गरेका थिए, ओली आफैं भिड्न तम्सिए : विश्वप्रकाश

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १५:१९, काठमाडौँ

महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव दिएका छन।

बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले भने, ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि। त्यही तहमा भएका पार्टीका प्रतिनिधिलाई भन्दा हुन्छ नि। तिनले त्यहीँ भने भइगयो नि मेयरसाप संयमले बोल्नुस्। जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस्। यो तपाईको शैली बदल्नुस्। तर आफैँ सुरिनु भयो बोल्न।’

उनले न्युरोडमा सडकपेटी बढाउनु जरुरी रहेको धारणा राख्दै मेयर बालेन्द्रले ठिक काम गरेका समेत बताए। महामन्त्री शर्माले मेयर शाहलाई काम गर्न दिनुपर्ने बताए।

उनले भने, ‘न्युरोडमा नागरिकका सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो। बालेनले जे गरेका थिए ठिक गरेका थिए। उनलाई त्यहाँ काम गर्न दिइनु पर्छ। संघले यसमा कुनैपनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ म यो आग्रह गर्न चाहन्छु।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .