ad ad

राजनीति


प्रतिनिधि सभामा बिग्रन थाले माइक, दोस्रोपटक सूर्यमान दोङ समस्यामा

प्रतिनिधि सभामा बिग्रन थाले माइक, दोस्रोपटक सूर्यमान दोङ समस्यामा

नेपालखबर
असार २४, २०८१ सोमबार १२:१९, काठमाडौँ

प्रतिनिधि सभामा सांसदहरूका लागि राखिएको माइकमा समस्या देखिन थालेका छन्। सोमबार (असार २४) गतेको प्रतिनिधि सभा बैठकमा सांसद सूर्यमान दोङले बोल्ने माइक समस्या देखिएपछि अन्य सांसदको माइक तानेर बोल्नु परेको छ। 

सोमबारको बैठकमा दोङले शून्य समयमा बोल्न माइक उचाले, तर काम गरे। 

त्यसपछि उनी अलमलिए।

सभामुखले ‘माइक के भएको छ हेरौँ त्यहाँ’ भनेर सचिवालयका सदस्यहरूलाई आग्रह गरे।

केहीबेरसम्म पनि माइक नबनेपछि सभामुखले भने, ‘माननीय सदस्य, अगाडिको रोमा माइक छ होला, त्यहाँबाट गरौँ।’ 

यसअघि गत फागुन १३ गते बसेको प्रतिनिधि सभा बैठकमा पनि उनैले प्रयोग गर्ने माइकमा समस्या आएको थियो। सोही दिन शून्य समयमै बोलेका अर्का सांसद हेमराज राईले पनि माइककै कारण समस्या भोग्नुपरेको थियो। 

त्यतिबेला पनि उनीहरूले अन्य सांसदको माइक तानेर आफ्ना कुरा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .