ad ad

राजनीति


कांग्रेस–एमालेलाई रास्वपाको प्रश्न : ४ दिनमै अर्को पल्टुराम जन्मेला भनेर किन डराउनुहुन्छ?

कांग्रेस–एमालेलाई रास्वपाको प्रश्न : ४ दिनमै अर्को पल्टुराम जन्मेला भनेर किन डराउनुहुन्छ?

नेपालखबर
असार २४, २०८१ सोमबार १३:५३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली कांग्रेस र नेकपा(एमाले)का नेताहरूलाई एक अर्कालाई विश्वास गर्न सुझाव दिएका छन्। 

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले प्रधानमन्त्रीको राजीनामा माग गरेर कांग्रेस–एमालेले संसदीय प्रणाली र संविधानमाथि नै अविश्वास गरेको बताए।

उनले प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त बाँकी छँदै २८ गते नै विश्वासको मत लिन चाहेको भए पनि कांग्रेस–एमाले डराएका पनि बताए। 

‘संसदीय प्रणाली र संविधान बनाउने दलहरुकै संसदीय प्रणाली र संविधानप्रति किन त्यति अविश्वास? किन यो प्रणालीले र संविधानले काम नर्गला र फेरि ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर डराउनुहुन्छ? तपाईंहरूकै संख्या छ। तपाईंहरूकै बहुमत हुने सम्भावना छ भने ४ दिन कुर्नुस् न, एकअर्कालाई विश्वास गर्नुस् न,’ झाले भने।

विश्वासको मत लिन ४ दिन बाँकी रहेको उल्लेख गर्दै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन पनि उनले आग्रह गरे। 

‘सहकर्म र सहयात्राको गाथा गाउनुहुन्छ भने विश्वास पनि गर्नुस्। किन ४ दिनको लागि डराउनुहुन्छ? तपाईंहरूले नै बनाएको संविधान र संसदीय प्रणालीमा लेखिएकै कुरा अभ्यास गरिँदै छ। त्योभन्दा बाहिर गएर अभ्यास गरिएको छैन। आशय गलत नहोला। किन तर्सिनुभएको? नतर्सिनका लागि र पल्टुरामहरूलाई पनि विश्वास गरिदिनका लागि अनुरोध गर्दछु,’ झाले भने। 

उनले व्यापारीको घरमा गएर देशको भविष्यको खाका कोर्नेहरूका पार्टीका सांसदले आफूहरूलाई नैतिकताको प्रश्न सोध्न नसुहाउने उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .