ad ad

राजनीति


अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडोजस्तो : सुवाल

अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडोजस्तो : सुवाल

नेपालखबर
असार २४, २०८१ सोमबार १४:२, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन्। 

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले नयाँ सत्तासमिकरण व्यापारीको घरमा बसेर भएकालेमा आपत्ति समेत जनाए। 

उनले मध्य रातमा एमाले–कांग्रेसबीच सत्ता समिकरण हुने कुराले कालाबजारीहरूलाई प्रश्रय दिएको आरोप समेत लगाए। सांसद सुवालले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढेमात्रै स्वभाविक हुने पनि बताए।

‘अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भयो। नयाँ सत्ता समीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो? सार्वजनिक हुन आवश्यक छ। यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला,’ उनले भने।

सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .