ad ad

राजनीति


बेचनलाई शिखण्डीको रुपमा उभ्याएर ब्ल्याकमेलिङ नहोस् : सांसद कार्की

बेचनलाई शिखण्डीको रुपमा उभ्याएर ब्ल्याकमेलिङ नहोस् : सांसद कार्की

नेपालखबर
असार २४, २०८१ सोमबार १४:७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन गृहमन्त्रीलाई आग्रह गरेकी छिन्।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेकी हुन्। 

उनले गृहमन्त्रीले संसदको रोष्टमबाट फाइल बनेको रहेनछ, बनाउँदै छु भन्ने अभिव्यक्ति दिएको भन्दै कहिले बनाउने र कहिले खोल्ने भनी प्रश्न समेत गरिन्।

‘कहिले रोष्टममा बसेर गृहमन्त्री भन्नुहुन्छ, फाइल त बनेकै रहेनछ। बनाउँदै छु। फाइल कहिले बनाउने हो? फाइल कहिले खोल्ने हो? कृपया तपाईंहरूलाई म अनुरोध गर्दछु, फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाइयोस्,’ उनले भनिन्, ‘तपाईंहरूले ब्ल्याकमेलिङको माध्यम फाइललाई नबनाउनुस्। कुनै बेचनलाई अगाडी ल्याएर आएर उभ्याएर त्यसलाई शिखण्डीको रुपमा नउभ्याउनुस्। गृहमन्त्रीज्युलाई रुलिङ गरियोस्। उहाँले दिएको फेहरिस्त अनुसार विपद् न्युनीकरणका कार्यक्रमहरु भएको छ कि छैन, यस्तो खेलाँचीको काम नगरौँ। नेपाली जनताको ज्यान बचाउने काम गरौँ। फाइलका कुरा ल्याएर धम्क्याउने अस्त्रको रुपमा नबनाऔँ।’

उनले विपद् व्यवस्थापनमा गृह मन्त्रालयबाट भएको कामको सम्बन्धमा गृहमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने पनि बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .